म बाबु निरोज। पेशागत रूपमा Surveyor का रूपमा विगत करिब लामो समय देखि नेपाल सरकार, नापी विभाग अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत छु। नापी तथा भू-सर्वेक्षणसम्बन्धी कार्यसँगै फिल्ड सर्वेक्षण, नक्सा तथा भू-अभिलेखसँग सम्बन्धित काममा व्यावहारिक अनुभव हासिल गरेको छु।

मेरो शैक्षिक योग्यता स्नातक (Bachelor of Arts) साथै भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट जुनियर नापी तालिम प्राप्त गरेको छु। पेशागत अनुभवसँगै Surveying, Mapping, GIS तथा Geospatial प्रविधि प्रति मेरो विशेष रुचि रहेको छ। नयाँ प्रविधि सिक्ने, आफ्नो ज्ञान र अनुभवलाई निरन्तर परिष्कृत गर्ने तथा त्यसलाई व्यावहारिक कार्यमा उपयोग गर्ने मेरो प्रयास रहँदै आएको छ।